logo
img
logo
img

भरतपुर नगरपालिकाद्वारा छात्रवृत्ति वितरण

img
भरतपुर नगरपालिकाद्वारा छात्रवृत्ति वितरण

 भाद्र १४, २०८१ 

निजी विद्यालयले अनिवार्य रुपमा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने गरी शिक्षा ऐनमै व्यवस्था गरिएपछि छात्रवृत्तिमा मनपरी हटेको हो ।

संकलित छात्रवृत्ति कोटालाई महानगरको आफ्नै शिक्षा ऐनले दिएको अधिकार प्रयोग गर्दै महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको थियो । 

आवेदन भर्ने विद्यार्थीहरुमध्येबाट छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुरुप विद्यार्थीको क्षमता र योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिएको महानगरले जनाएको छ । 

छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ छन् भने अन्य विषयका लागि ७७ जनाले अध्ययन गर्न पाउनेछन् । 

छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना छन् । 

गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।


img
img
img