logo
img
logo
img

चन्द्रागिरि नगरले मृतक परिवारलाई राहत दिने घोषणा

img
चन्द्रागिरि नगरले मृतक परिवारलाई राहत दिने घोषणा

असोज १३, २०८१

शनिबार बिहान मसिनेमा पहिराेले पुरिएर ३९ वर्ष गर्वे तामाङ र उनको श्रीमती ३६ वर्षीया सविना तामाङकाे घटनास्थलमै मृत्यु भएकाे थियाे। 

पहिरोमा परि उनकी आमा ठूलीमाया तामाङ र छोरी बिनिसा घाइते भएका छन्।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले प्रति व्यक्ति नगद ५० हजारका दरले राहत प्रदान गरिने बताए।

‘हामीले सबै वडा अध्यक्षहरूलाई कुन वडामा कति क्षति छ अवलोकन गरी डाटा माग गरेका छाैं। घाइतेहरूकाे नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्वुमा नि:शुल्क उपचार व्यवस्था गरेका छाैं,’ उनले भने।

चन्द्रागिरि नगरपालिकाबाट १५० वटा त्रिपाल वितरण गरेकाे जनाएको छ। 

नगरपालिकाकाे आपत्कालिन विपद व्यवस्थापनमा समिति मार्फत नगरकाे सुरक्षाका लागि खटेकाे र तयारी अवस्थामा रहेका सबै संयन्त्रहरूले काम गरिरहेकाे गिरीकाे भनाई छ।

झ्याप्ले खाेलामा पहिराे कारण पुरिएका सवारीसाधन झिक्न स्काभेटर, जेसिभी सबै खर्च नगरपालिकाले ब्यहाेर्ने र नगरपालिकाले चाडपर्वमा बाटाे अवरोध हटाउन सुरक्षा निकाय सिडिओसँग छलफल भइरहेकाे बताए।

नगर प्रमुख गिरीले आपत्कालिन विपद व्यवस्थापनमा अथक मेहनत र प्रयास तथा सक्रियता पूर्वक निरन्तर रुपले साथ र सहयोग पुर्याउनु हुने सबै वडाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना ,नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनैतिक दल, वडा विपद ब्युरो, समाजसेवी, पूर्व सुरक्षाकर्मी, नगरबासीहरू लगायत सबैमा हार्दिक आभार व्यक्त गरेका छन्।


img
img
img