logo
img
logo
img

चार पालिकाका विभिन्न वडाका दुई सयभन्दा बढी किसान समस्यामा - बँदेलले सखाप पार्‍यो हजार रोपनीको मकैबाली

img
चार पालिकाका विभिन्न वडाका दुई सयभन्दा बढी किसान समस्यामा - बँदेलले सखाप पार्‍यो हजार रोपनीको मकैबाली

भाद्र २, २०८१

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ मा लगाइएको मकैबालीमा बँदेलले पुर्‍याएको क्षति ।

छत्रेश्वरी गाउँपालिका–५ को नयाँगाउँ, दियारगाउँ, कालीकोइराली, जुगेडाडा, बन्गाड कुपिण्डे नगरपालिकाको वडा नं ४, ५, ७, १२, कालिमाटी गाउँपालिका–७ को घुइयाबारी, हाउखोला, आम्बास, बाटुले, वडा नं १ को लक्ष्मीपुर, शारदा नगरपालिकाको सापमारालगायत स्थानमा लगाइएको मकैबालीमा क्षति पुर्‍याएको हो ।




बँदेलले छत्रेश्वरीमा सय, कालिमाटीमा तीन सय, बन्गाड कुपिण्डे नगरपालिकाका विभिन्न स्थानमा चार सय, शारदा नगरपालिकालगायत अन्यमा दुई सय रोपनी जग्गमा लगाएको मकैबालीमा क्षति पुर्‍याउँदा चार पालिकाका विभिन्न वडाका दुई सयभन्दा बढी किसान प्रभावित भएका छन् ।

मकैको घोगा लाग्ने बेला हुल बाँधेर रातिमा आउने गरेका बँदेलले सबै सखाप पारेपछि गुजारा चलाउन समस्या हुने भन्दै किसान चिन्तित भएका छन् ।

किसानले राहतका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।

बँदेलले वडाका विभिन्न स्थानका किसानले लगाएको दुई सय रोपनीभन्दा बढी मकैबालीमा क्षति पुर्‍याएको पाईएको छ ।

पहाडका किसानको मुख्य बाली भनेको मकै नै हो ।

मकै उत्पादन गरेर वडाका किसानले चार महिना खर्च टार्दै आएका थिए ।

वडाका सबैजसो बस्तीका ७०/८० किसानले २ सय ५० रोपनीमा लगाएको मकैबाली क्षति पुर्‍याएको र बँदेलको आक्रमणबाट एक जना घाइतेसमेत भएको छन ।

बँदेलले मकैबाली क्षति पुर्‍याए पनि अहिलेसम्म कार्यालयमा एक जनाले पनि निवेदन नदिएको किनकि बँदेलले बाली क्षति पुर्‍याए पनि कार्यालयमा त्यस्तो कुनै कार्यक्रम नभएकाले राहत दिने गरिएको छैन ।



img
img
img