साउन ९, २०८१
अर्थमन्त्री पौडेलसँग मंगलबार भएको भेटमा गाउँपालिका महासंघले कटौती भएको समानीकरण अनुदान निकासा गरिदिन माग गरेको हो ।
महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेको नेतृत्व पदाधिकारी टोली अर्थमन्त्री पौडेललाई भेट्न मन्त्रालय पुगेको थियो ।
अर्थमन्त्री पौडेलसँगको भेटमा गत आवमा कटौती भएको ७ प्रतिशत समानीकरण अनुदान चालु आवमा थप गरी निकासा गर्नुपर्ने माग गरिएको महासंघले जनाएको छ ।
साथै विनियोजन भइसकेको समानीकरण अनुदान कटौती गर्न नहुने माग महासंघको छ ।
यस्तै महासंघले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ लाई दिएका सुझावहरू समावेश गरेर संशोधन विधेयक तयार गर्न, अर्थमन्त्रीको अध्यक्षतामा अन्तरसरकारी वित्त परिषद्मा स्थानीय तहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।