logo
img
logo
img

महाशिला गाउँपालिकाले दिन्छ गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित एक लाख अनुदान

img
महाशिला गाउँपालिकाले दिन्छ गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित एक लाख अनुदान

असोज १०, २०८१ 

गाउँलेहरू बसाइँ सर्न थालेपछि  पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । 

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए । 

गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । 

चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनले बताए ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।


img
img
img