logo
img
logo
img

पालिकामा दोस्रो पटक जनप्रतिनिधि चुनिएको दुई वर्ष पूरा

img
पालिकामा दोस्रो पटक जनप्रतिनिधि चुनिएको दुई वर्ष पूरा

जेष्ठ ३
२०८१

सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पालिकामा पहिलो पटक २०७४ सालमा जनप्रतिनिधि चुनिएका थिए ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि २०७४ वैशाख ३१ गते पहिलो पटक पालिकामा जन प्रतिनिधि छान्न चुनाव भएको थियो ।



पहिलो पाँच वर्ष र दोस्रो कार्यकालको दुई वर्ष गरी बितेका सात वर्षमा पालिकामा सेवा प्रवाह र भौतिक विकास निर्माणको काममा सङ्ख्यात्मक र गुणात्मक वृद्धि भएको छ ।

पालिकामा संस्थागत संरचनासहित धेरै असल अभ्यास सुरुवात भएको स्थानीय शासनका विज्ञ बताउँछन् ।

विकास निर्माणका काम, सेवा प्रवाह अनि कानुन निर्माणलगायतका क्षेत्रमा जनप्रतिनिधिको भूमिका प्रभावकारी बन्दै गएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, न्याय सम्पादनलगायतका सेवा प्रवाहमा पालिकाले महत्वपूर्ण कदम चालेका छन् । आधुनिक प्रविधिको प्रयोग पनि बढ्न थालेको छ ।

तर कतिपय पालिकामा विकृति र अनियमितता पनि बढ्दै गएका छन् ।