logo
img
logo
img

राष्ट्रिय जनमोर्चा विभाजित, प्यूठानबाट को को भए केन्द्रीय सदस्य

img
राष्ट्रिय जनमोर्चा विभाजित, प्यूठानबाट को को भए केन्द्रीय सदस्य

नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको आज सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्षमा चयन गरेको छ ।

उपाध्यक्षमा चिन्तामणि पौडेल, सुर्या थापा र सुरेन्द्र भण्डारी चयन भएका छन। महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिब गौरीलाल कार्की रहेका छन । भेलाले ५१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ।जस्मा, प्यूठानबाट वीर वहादुर पुन, जितामित्र सुनार, मनु विक केन्द्रीय सदस्य बनेका छन ।
यसअघि मसालबाट विद्रोह गरेको समूह नेकपा मसाल केन्द्रीय समन्वय केन्द्र भने माओवादीमा समाहित भईसकेको थियो ।
सो समूहका ६ जना माओवादी केन्द्रमा केन्द्रीय सदस्य बनेका छन् ।

img
img
img