logo
img
logo
img

स्थानीय तहले सडक बत्तीको बक्यौता महसुल किस्ताबन्दीमा बुझाउन पाउने

img
स्थानीय तहले सडक बत्तीको बक्यौता महसुल किस्ताबन्दीमा बुझाउन पाउने

असार १७, २०८१

सडक बत्ती बालेवापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो ।

आज एक सूचना जारी गर्दै प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिनासम्म किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो ।



त्यसका लागि सम्बन्धित स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ ।

img
img
img