जेष्ठ २१
२०८१
शुक्रवारबाट जारी वृहत्त शैक्षिक सम्मेलनबाट यस्तो घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।
घोषणापत्रको अवधारणाका लागि सम्मेलनमा सहभागीहरूलाई ७ समूहमा विभाजन गरी छलफल थालिएको छ ।
छलफलबाट प्राप्त निष्कर्षका आधारमा घोषणापत्र जारी गरी पालिकाको शैक्षिक रूपान्तरणको आधार तयार गरिने छ ।
शैक्षिक गुणस्तर दिनप्रतिदिन खस्कदै गएको अवस्थामा त्यसको सुधारका उपायहरूको खोजीका लागि शैक्षिक सम्मेलन आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले शैक्षिक सुधारका लागि योजना निर्माणमा संलग्न विज्ञहरू समेतको सहभागिताको आधारमा वृहत्त शैक्षिक योजना निर्माणको अवधारणा अघि सारेको हो।
प्राप्त नतीजालाई शैक्षिक सुधारको अध्यायमा उचित कार्यान्वयन गर्ने पालिकाले प्रतिबद्धता जनाएको छ।
श्रोत : राष्ट्रिय समाचार समिति