logo
img
logo
img

दमक नगरपालिकाले वडा स्तरमा 'केएचडिसि' कार्यक्रम सञ्चालन गर्दै

img
दमक नगरपालिकाले वडा स्तरमा 'केएचडिसि' कार्यक्रम सञ्चालन गर्दै

भाद्र २८, २०८१ 

यसअघि नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले केएचडिसि नेपालसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

मधुमेह, प्रेसर, मुटु, किड्नी, दम लगायतका दीर्घ रोग सम्बन्धी जाँच र उपचारका लागि दमकको वडा नं. ९ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न ल्याब सञ्चालन सहित बुधबारदेखि केएचडिसि कार्यक्रम सुरु भएको छ । 

कार्यक्रम अन्तर्गत कम्तीमा मासिक रूपमा नागरिकहरूले निःशुल्क रूपमा जाँच गराउने र विशेषज्ञलाई आफ्नो रिर्पोट देखाउन सक्ने व्यवस्था मिलाइएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जीव कुमार शर्माका अनुसार दमक नगरपालिकाले वडाहरूमा यस कार्यक्रमको विस्तार गरेको बताउँदै स्वास्थ्य क्षेत्रमा यो अनुकरणीय काम भएको बताउनुभयो । 

उहाँले मिर्गौला र मुटुको रोगको पहिचानका लागि यो कार्यक्रम धेरै नै प्रभावकारी बन्ने जनाउनुभयो ।

स्थानीय सरकारको सहकार्यमा झापा, ताप्लेजुङ, मोरङमा मानिसहरूको मिर्गौला र मुटुको रोगका कारण हुने गरेको मृत्यु घटाउनका लागि यस प्रकारको कार्यक्रम भइरहेको पनि केएचडिसि नेपालका संरक्षक समेत रहनु भएका डा. कोइरालाले जनाउनुभएको छ । 

समयमा नै रोग पत्ता लाग्न सके उपचार सम्भव हुने भएकाले यो विषय बुझाउँदै हिँडेका छौ, डा. शर्माको भनाइ छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार सबै वडामा यो कार्यक्रम सुरु गरिने योजना छ । 

वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रहरूमा गुणस्तरीय ल्याब राख्न सुरु भइसकेको उहाँले बताउनुभयो । 

दीर्घ रोगहरूको पहिचान र उपचारका लागि आफूहरू सधैँ तत्पर रहेको थापाको भनाइ छ ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले आफू नगर उपप्रमुखको रूपमा निर्वाचित भएपछि पहिलो निर्णय नै आधारभूत स्वास्थ्य केन्द्रहरूमा गुणस्तरीय ल्याब व्यवस्थापन गर्ने रहेको र यसको काम भइरहेको बताउनुभयो । 

प्रेसर, मधुमेह, मुटुरोग र मिर्गौला रोग जस्ता रोगहरूको पहिचानका लागि केएचडिसि कार्यक्रम सुरु भएकाले यसको औचित्य थप पुष्टि भएको उहाँको दाबी छ ।


श्रोत: राष्ट्रिय समाचार समिति 

img
img
img