अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले नगरप्रमुखको रुपमा २०७४ साल असोज ७ देखि २०७९ माघ २९ सम्म नगरप्रमुख रहँदाको अवधिमा उनले सार्वजनिक पदको दुरुपयोग गरी ५ करोड ३३ लाख ५३ हजार सय ८९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । त्यहीअनुसार बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Image from : Goalnepal.com
उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि परेपछि अख्तियारले उनी अघिल्लो कार्यकाल मेयर हुँदाको अवधिको सम्पत्ति छानबिन गरेको थियो ।